साउन १५, काठमाडौं । नेपाल फाइनान्सको हकप्रद शेयर आइतवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २३ लाख १९ हजार ७५८ दशमलव ०८८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
उक्त हकप्रद शेयर सोमवारदेखि खरीदविक्री गर्न सकिनेछ । कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको ७० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।