काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यापारी (स्टक डिलर)हरूका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरूको नामावली सार्वजनिक गरेको छ ।
नेप्सेले धितोपत्र व्यापार (स्टर डिलर) कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरू दफा ३ (३) बमोजिम चालु आर्थिक वर्ष २०८१।८२ का लागि अद्यावधिक गरिएको जनाएको छ ।
कारोबारयोग्य कम्पनीहरूमा ११२ ओटा सूचीकृत कम्पनी परेका छन्, जसमा १९ ओटा वाणिज्य बैंक र ९ ओटा विकास बैंक छन् ।
त्यस्तै ५ ओटा फाइनान्स, २६ ओटा लघुवित्त संस्था, ७ ओटा जीवन बीमा कम्पनी, ११ ओटा निर्जीवन बीमा कम्पनी, ६ ओटा लगानी समूहका कम्पनी, २ ओटा उत्पादन समूहका कम्पनी, २५ ओटा जलविद्युत कम्पनी र दुईओटा अन्य समूहका कम्पनी छन् ।