काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्कासन गरिएको कुल रू. ३१ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।
२०८८ “च” नामक विकास ऋणपत्र ८ वर्ष अवधिको लागि वार्षिक ६ प्रतिशत ब्याजदरमा २०८० मङ्सिर २० गते निष्कासन गरेको थियो । यसको साँवा भुक्तानी २०८८ मङ्सिर २० गते गते हुनेछ ।
२०८५ “ट” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि वार्षिक ५ दशमलव ५६ प्रतिशत ब्याजदरमा २०८० पुस ६ गते निष्कासन गरेको थियो । यसको साँवा भुक्तानी २०८५ पुस ६ गते हुनेछ ।
२०८८ “छ” नामक विकास ऋणपत्र ८ वर्ष अवधिको लागि वार्षिक ५ दशमलव ९६ प्रतिशत ब्याजदरमा २०८० पुस २३ गते निष्कासन गरेको थियो । यसको साँवा भुक्तानी २०८८ पुस २३ गते गते हुनेछ ।
२०८८ “ठ” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि वार्षिक ५ दशमलव ८४ प्रतिशत ब्याजदरमा २०८० माघ १२ गते निष्कासन गरेको थियो । यसको साँवा भुक्तानी २०८५ माघ १२ गते हुनेछ ।