काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गरेकाले माघ १६ गतेसम्म कायम शेयरधनी मा साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २५ गते साधारण सभा बोलाएको छ ।
सभा बिहान ११ बजे शिखर इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, काठमाडौंमा शुरू हुने कम्पनीले जानकारी गराएको छ । साथै सभाले यस कम्पनीले अन्य कुनै पनि बीमक कम्पनीलाई गाभ्ने गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २८ गते साधारण सभा बोलाएको छ । सभा उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको छ ।