काठमाडौं । प्रभु बैंक लिमिटेडको २३ लाख ७४ हजार १०९ कित्ता संस्थापक शेयर आजबाट विक्रीमा आएको छ ।
कम्पनीले यसअघि यी शेयर विक्रीका लागि विद्यमान संस्थापक शेयरधनीहरूमा ३५ दिने सूचना जारी गरिसकेको छ । सो अवधिमा मागबमोजिम आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।