काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/ ७९का लागि आकर्षक लाभांश प्रस्ताव गरेको छ।
गत चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २५ करोड २५ लाखको आधारमा ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि छुट्टै ३ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा ५० प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँबराबरको बोनस शेयर, २० प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँबराबरको नगद लाभांश छन्। कर प्रयोजनका लागि भने ३ दशमलव ६८ प्रतिशतले हुन आउने ९३ लाख ९४ हजार ७३६।८४ रुपैयाँबराबरको रकम पनि कम्पनीले छुट्याएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपनि शेयरधनीले पाउने छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूमा लाभांश वितरणमा कडाई गरेको अवस्थामा कम्पनीले आकर्षक लाभांश प्रस्ताव गरेको हो ।