काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ङादी ग्रुप पावर लिमिटेडलाई १ बरावर १ अर्थात् शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।
सेबोनले उक्त कम्पनीलाई रू. १ अर्ब ८५ करोड १२ लाख ७९ हजार बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले हकप्रद शेयरबाट प्राप्त रकम आयोजनाको मर्मतसम्भार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ । १०० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी रू. ३ अर्ब ७० करोड २५ लाख पुग्नेछ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ ।