काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सभा आयोजना गरेको छ ।
कम्पनीको मङ्सिर ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मङ्सिर ३० गतेका लागी विशेष साधारण सभा आयोजना गरेको छ ।
उक्त सभा बुटवलमा रहेको होटल डेनेभोमा दिनको १ बजेदेखि आयोजना हुनेछ ।
सभामा सर्वसाधारणलाई जारी गर्ने भनि छुट्टाइएको शेयरलाई संशोधन गरी प्रिमियम वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने र गत आवको वित्तीय विवरणहरु पारित गर्नेछ ।