काठमाडौं । नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १० गते बुकक्लोज गर्दैछ ।
यस आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।
बैंकले मङ्सिर २७ गते बिहीवार बिहान १० बजेदेखि राष्ट्रिय सभा गृह, प्रर्दशनी मार्गमा ४० औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभाले गाभ्ने गाभिने तथा प्राप्ति गर्न, रणनीतिक साझेदारी गर्नेदेखि सम्पूर्ण कार्यका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने समेत प्रस्ताव पनि पारित गर्नेछ ।