काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि पुस ३ गते १३औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभा कक्ष, सानेपा, ललितपुरमा दिउँसो १ बजे सुरु हुनेछ । आईपीओ निष्कासनबाट प्राप्त पूँजी उपयोग गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
आईपीओपछि कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा छलफल हुनेछ । उल्लेखित सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाका लागि तय भएको छ ।