काठमाडौं । एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
सर्वसाधारण लगानीकर्तामा विक्री गरिएपनि यी शेयर संस्थापक समूहमै रहने जानकारी समेत कम्पनीले दिएको छ । प्रतिकित्ता ११० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।
इच्छुक खरीदकर्ताहरुले मंसिर २३ गते दिउँसो ३ बजेभित्र विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र मंसिर २४ गते विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।