काठमाडौं। कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८१ को अवसरमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजनाअन्तर्गत पीओएस भुक्तानी र अनलाइन कारोबारका लागि बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले २०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने बताइएको छ ।
साथै क्यूआर भुक्तानीमार्फत कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्ने बैंकको भनाइ छ । यो योजना २०८१ वैशाख १ गते बिहान ८ बजेदेखि राति ११ बजेर ५९ मिनेटसम्म लागू हुने बैंकले जानकारी दिएको छ । त्यस्तै तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे ४० जना कार्ड प्रयोगकर्ता र पहिलो ४० जना मोबाइल बैंकिङ प्रयोगकर्ताले क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ ।