काठमाडौं । ओभरसिज नेपालीज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जगेडामा रहेको शेयर मध्येबाट १० लाख ६ हजार ९१९ कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा यी शेयर विक्री गर्न लागेको हो । विद्यमान संस्थापक शेयरधनीहरुले खरीद गर्न पाउने गरी विक्रीमा आएको यी शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सकिनेछ ।
आवेदन कम्पनीको केन्द्रिय कार्यालय अनामनगर, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।