काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पुरा गरेको क्यापिटलले आगामी दिनमा कम्पनीको शेयर व्यवस्थापनको समेत काम गर्ने जिम्मेवारी पाएको हो ।
कम्पनीले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरी चैत १२ गते बाँडफाँट गरेको छ । शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै आगामी दिनमा कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, शेयर अभौतिकीकरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारी गर्ने लगाएतका काम प्रभु क्यापिटलले गर्नेछ ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो । संस्थापकतर्फ ७० प्रतिशतले हुन आउने ४२ करोड रुपैयाँ बराबरको स्वामित्व कायम थियो । हाललाई कम्पनीको कुल ६० करोड कित्ता शेयर व्यवस्थापनको काम क्यापिटलले गर्नुपर्नेछ ।