काठमाडौं। नेको इन्सुरेन्स लिमिटेडले पाँचौं कर्पोरेट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता चैत ९ गते शनिवार धन्यन्तरी फुटसल, धुम्बाराहीमा हुने जानकारी दिइएको छ । प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले भाग लिनेछन् । प्रतियोगिता सहभागी हुने टिमहरू चार समूहमा विभाजित छन् ।
समूह ‘ए’मा नेको इन्सुरेन्स (ए), एनएमबि बैंक, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंक रहेका छन् । समूह ‘बी’मा माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंक छन् भने समूह ‘सी’मा सिद्घार्थ बैंक, एभरेष्ट बैंक, लुम्बिनी विकास बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् ।
यसैगरी समूह ‘डी’मा नेको इन्सुरेन्स (बी), गरिमा विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन् । यो प्रतियोगिताले कर्पोरेट जगत्का कर्मचारीहरूबीचको आपसी मित्रता, सहकार्य र खेलकुदप्रतिको रुचिलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।