काठमाडौं। ‘ग्लोबल मनी विक २०२४’ का अवसरमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंगलवार वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले काठमाडौंको डिल्लीबजारस्थित सामुदायिक विद्यालय पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयका १२ कक्षामा अध्ययनरत करीब १६० जना छात्राको उपस्थितिमा कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकिङ प्रणाली, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा, डिजिटल वित्तीय सेवा, धितोपत्र, बीमा, सम्पत्ति शुद्धीकरणका साथै बैंकिङ कसुरसम्बन्धी विषयमा जानकारी दिएको बताइएको छ । वित्तीय साक्षरता सम्बन्धी कक्षाको सहजीकरण संस्थाका कर्मचारी देवराज नेपालले गरेका थिए । विद्यालयका शिक्षक बलराम पौडेलले फस्र्ट माइक्रोफाइनान्सको यस्तो कार्यक्रमले विद्यालयमा अध्ययनरत छात्रालाई बंैकिङ तथा वित्तीय योजना सम्बन्धी आधारभूत ज्ञान मिलेको धारणा राखे ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.