काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक यथाशीघ्र गर्ने पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिन भारतीय पक्षसंग आग्रह गरेका छन् । भारत भ्रमणमा रहेका मन्त्री खड्का र त्यहाँका जलशक्ति मन्त्री सिआर पाटिलबीच आज नयाँदिल्लीमा भएको भेटवार्तामा यस्तो आग्रह गरेका छन् ।
साथै टनकपुरदेखि नेपाल–भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकामा भारत सरकारलाई धन्यवाद दिएका थिए । प्रत्युत्तरमा मन्त्री पाटिलले पञ्चेश्वरको डिपिआरलाई शीघ्र बनाउने बताएका थिए ।