काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २६औं वार्षिक साधारण सभा माघ २२ गते बोलाएको छ । सभा ललितपुरस्थित ज्यापू प्रज्ञा भवन दिउँसो ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले सञ्चालक समितिमा बाँकी कार्यकालका लागि भएको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ ७ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा माघ ४ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।