काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान भइरहेका छन् । भद्रपुर, सिमरा, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा आज कुनैपनि उडान नभएको बताउँदै विराटनगरतर्फ दिउँसो ३ बजेदेखि नियमित उडान भइरहेको उनले जानकारी दिए ।
अन्तरराष्ट्रियतर्फ पनि दुई विमान करीब एक घण्टा ‘होल्ड’मा परेर अवतरण गरेको प्रवक्ता शेर्पाले बताए । भारतको नयाँ दिल्लीबाट काठमाडौ्र आइरहेको इण्डिको एयरलाइन्सको विमान र थाइल्याण्डको बैंककबाट आएको थाई एयर होल्डमा परेको बताउँदै अन्य अन्तरराष्ट्रिय उडान पनि केही ढिलाइ ९डिले० भएको उनले जानकारी दिए । अन्तरराट्रिय उडान भने अहिले नियमित भइरहेका छन् ।
लगातारको वर्षाले भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित भएको हो । काठमाडौं विमानस्थलमा ‘इन्ट्रमेन्ट फ्लाइट रुल्स’ ९आइएफआर० उडान मात्रै भइरहेको प्रवक्ता शेर्पाले बताए । मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान ९माउन्टेन फ्लाइट० नभएको एयरलाइन्सले जनाएका छन् ।
देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै भारतको उत्तरमध्य महाराष्ट्र तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले मौसममा बदली हुनुका साथै वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस