काठमाडौं । पशुपति रिन्यूएबल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने लगायतका प्रस्ताव पारितका लागि चैत ७ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन्समा उक्त दिन दिउँसो साढे २ बजे शुरु हुनेछ ।
सभाले आईपीओ निष्कासन गर्नेसहित कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारितका लागि सभामा पेस गरिनेछ । त्यस्तै कम्पनीले निर्माण गर्ने आयोजनाको लागि कर्जा सुविधा प्राप्त गर्ने प्रस्ताव पनि सभामा पेस गरिने बताइएको छ ।
गत आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक वित्तीय विवरण पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारितका लागि सभामा पेस गरिनेछ ।