काठमाडौं । राधी विद्युत कम्पनीद्वारा प्रवर्द्धित राधी साना जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।
गत असार २२ गतेबाट निरन्तर वर्षा भइरहेकोले राधी खोलालगायत अन्य साना खोलाहरूमा आएको बाढी र पहिरोले राधी साना जलविद्युत हेडवर्क्स र हेडरेस पाइपमा क्षति पुगेको राधी विद्युत कम्पनीले जनाएको छ । सोही कारण राधी साना जलविद्युतको विद्युत उत्पादन बन्द भएको कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।
हाल आवश्यक मर्मत कार्य अगाडि बढाइसकेको कम्पनीको भनाइ छ । मर्मत कार्य सकेर आयोजना पुनःसञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । राधी साना जलविद्युत ४.४ मेगावाट क्षमताको आयोजना हो।