आइतवार नेप्से परिसूचक विगत ३९ महीनायताकै उच्च बिन्दुमा पुगेको छ । गत बिहीवार ५ सय ३० दशमलव २० मा बन्द भएको नेप्से आइतवार २५ दशमलव ७३ अङ्क (४ दशमलव ८५ प्रतिशत) बढेर ५ सय ५५ दशमलव ९३ मा पुगेको हो । यसअघि नेप्सेमा नजिकको उच्चतम अङ्क २०६६ मङ्सिर ७ मा (५ सय ६२ दशमलव ११), कायम रहेको थियो । आइतवार व्यापारमा आएका सबै समूहको परिसूचक बढेपछि नेप्सेमा सकारात्मक प्रभाव परेको हो । लामो समयदेखि जारी अस्थिर राजनीतिले समाधानको दिशा समातेको समाचार सार्वजनिक भएपछि बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरूले बताएका छन् ।
वर्ष ८, अंक १५२, सोमवार, ७ फागुन, २०६९