काठमाडौं। शाओमीले ‘रेड्मी नोट १४ सिरिज’ नेपालमा सार्वजनिक गरेको छ । रेड्मी नोट १४ सिरिज नयाँ फिचरसहित रहेको बताइएको छ । रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ फाइजी, रेड्मी नोट १४ प्रो फाइजी र रेड्मी नोट १४ प्रोप्लस फाइभजी गरी ४ मोडेल रहेको बताइएको छ ।
यी सबै मोडेलमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकाले ग्राहकको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ । सबै नेपाली ग्राहकमा शाओमीको उच्च–गुणस्तरलाई पहुँचयोग्य बनाउने प्रतिबद्धतालाई यसले निरन्तरता दिएको बताइएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले शाओमीको मुख्य उद्देश्य स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउने रहेको बताए । उनले भने, ‘रेड्मी नोट १४ सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप–स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौं ।’
रेड्मी नोटका विभिन्न डिजाइन तथा क्षमताको फोनको मूल्य २४ हजार ९९९ देखि ५४ हजार ९९९ सम्म कायम गरिएको बताइएको छ ।