काठमाडौं। एमएडब्लु वृद्धिले इलेक्ट्रिक एसयुभी दिपल एस ०७ को अपग्रेडेड र थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयुभीलाई यसै साता सार्वजनिक गर्ने भएको छ । फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधि सहितको दिपल एस ०७ हालसम्म सात सयभन्दा बढी युनिट विक्री भइसकेको बताइएको छ । एस ०७ एलको पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
१६० किलोवाटको रियर ह्वील ड्राइभ रहेको यो गाडी ७९ दशमलव ९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिने बताइएको छ । स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयुभीको टप स्पिड १८० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । अत्याधुनिक प्रविधि, शक्तिशाली पर्फर्मेन्स र फ्युचरिस्टिक डिजाइनमार्फत दिपल एस ०७ एलले नेपालको इलेक्ट्रिक मोबिलिटीमा फेरि प्रभाव बढाउने कम्पनीको दाबी छ ।