काठमाडौं । रिगो टेक्नोलोजीज़ले 'नास-आईटी अवार्ड २०२४' को "व्यवसायिक सेवा" विधाको उपाधी जितेको छ । मानव संसाधन व्यवस्थापन संग संबन्धित सफ्टवेयर सेवा प्रदान गर्दै आएको रिगो एच.आर. विशिष्ट सेवा प्रदायक छनोट भएको हो ।
देश-विदेशमा रहेका निर्णायक सामु प्रविधि, नवीनता, बजार सम्भाव्यता लगायत मापदण्डमा आफूलाई अब्बल सावित गर्दै रिगो एच्.आर. ले "व्यवसायिक सेवा" विधामा उक्त अवार्ड जित्न सफल भएको हो ।
रिगोका प्रमुख सञ्चालन अधिकृत प्रजेश बास्तोलाले यस किसिमको कार्यक्रमले नेपाललाई आई.टी. हबको रुपमा स्थापित गर्ने सरकारको लक्ष्यलाई ठूलो सहयोग पुग्नुका साथै नेपाली सफ्टवेयर उद्योगको प्रचार प्रसार र प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
उनले देशभरिबाट छनोट भएका सफ्टवेयर मध्ये रिगो एच्.आर. लाई व्यवसायिक सेवा समुहमा उत्कृष्ट सफ्टवेयरको अवार्ड प्रदान गरिएकोमा आयोजक नास-आईटी तथा निर्णायक मण्डललाई धन्यवाद व्यक्त गरे ।
योसंगै नेपालको आई.सी.टी. क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको रिगो एच्.आर. ब्रुनाईमा हुन गइरहेको 'एसिया प्यासिफिक आइसीटि अलायन्स अवार्ड'मा प्रतिस्पर्धा गर्ने छ । उक्त अवार्डस्मा अस्ट्रेलिया, चीन, सिंगापुर, मलेसिया, थाईल्याण्ड, पाकिस्तान लगायत १७ देश प्रविधि कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने छ ।
सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ सहभागी भएको सो कार्यक्रममा अवार्ड वितरणका साथै नेपालको आई.सी.टी. क्षेत्रमा व्याप्त समस्या र तिनको समाधान लगायत समसामयिक विषयमा छलफल समेत भएको थियो ।
नेपालीहरूको शतप्रतिशत स्वामित्व रहेको रिगो एच्.आर. नेपालमै डिजाइन तथा विकास गरिएको अन्तराष्ट्रिय स्तरको मानव संसाधन व्यवस्थापन सम्बन्धी काम गर्ने कम्पनी हो ।