काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेड र पूजा कन्स्ट्रक्सन नेपाल प्रालि काठमाडौंबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सका ग्राहकले पूजा कन्स्ट्रक्सनले उपलब्ध गराउने सवारीसाधनमा ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउने बताइएको छ । आकर्षक तथा प्रतिस्पर्धी ब्याजदरमा लचिलो ऋण अवधिमा पाइने यस कर्जामा आवश्यक परामर्शमा समेत संस्थाले सहजीकरण गर्ने बताइएको छ ।
काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको संस्थाले २१ ओटा शाखामार्फत वित्तीय कारोबार गर्दै आएको छ । संस्थाले ग्राहकलाई सहज तथा सर्वसुलभ तरीकाले विभिन्न शीर्षकमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरी आकर्षक ब्याज प्रदान गर्दै आएको बताइएको छ ।
संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई ई–बैंकिङ, एससीटी नेटवर्क एटीएम, विभिन्न रेमिट्यान्स, सी–आस्बा, कनेक्ट आईपीएस, एबीबीएस, ईसीसी, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा प्रदान गर्दै आएको बताइएको छ ।