काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गत सोमवार रोक्का गरेको आत्मनिर्भर लघुवित्तको शेयर कारोबार आज (मंगलवार) फुकुवा गरेको छ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना तोकिएको अवधिभित्र नेप्सेलाई उपलब्ध नगराएका भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।
कम्पनीले आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिवद्धतासहित कारोबार फुकुवाका लागि अनुरोध गरेपछि नेप्सेले उक्त कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
नेप्सेले धितोपत्र सूचीकरणसम्बन्धी सम्झौताका शर्तहरूको पूर्ण पालना गर्न सचेत गराउँदै सूचीकरण स्थगत फुकुवा गरिएको जानकारी दिएको छ ।