काठमाडौं । रु रु जलविद्युत परियोजनाको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि आज अर्थात वैशाख ३ गते बाट सकिंदैछ । लक इन अवधि सकिएसँगै अब भोलि वैशाख ४ गते देखि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले २०७८ वैशाख ३ गते शेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक शेयर, ४ लाख ८९ हजार २४५ कित्ता स्थानीयको शेयर र ९ हजार ८५८ कित्ता कर्मचारीको शेयर लक इन रहेको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।