काठमाडौं । र्याडिसन होटल काठमाडौँले चाडपर्वको माहोललाई झिलिमिली बनाउँने उद्देश्यले क्रिसमस ट्रीमा बत्ती बाल्ने कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा एयरलाइन्स, ट्राभल एजेन्सीहरू र कर्पोरेट क्षेत्रका विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो ।
पाहुनाहरूले स्वादिष्ट खानाका परिकार, न्यानो पेय पदार्थ तथा मनमोहक क्यारोल गीतको आनन्द लिएका थिए । र्याडिसनले यस्तो कार्यक्रम आयोजना गरेर समुदाय र पाहुनाहरूमाझ चाडपर्वको उत्साह फैलाउन सहयोग गरेको बताएको छ ।