काठमाडौं । साहस उर्जा लिमिटेडले चालूको आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार कम्पनीले पहिलो त्रैमाससम्म ४० करोड २ लाख खुद नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा १६ दशमलव ०७ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले रू. ३४ करोड ४८ लाख नाफा कमाएको थियो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीले विद्युत् विक्रीबाट रू. ८६ करोड ७१ लाख आम्दानी गरेको छ । यो आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा २ दशलमव ९३ प्रतिशत कम हो । सो अवधिमा कम्पनीले विद्युत् विक्रीबाट रू. ८९ करोड ३३ लाख आम्दानी गरेको थियो ।
कम्पनीको वित्तीय खर्च रू. ३२ करोड ८९ लाखबाट घटेर २३ करोड ४० लाखमा झरेको छ । जसका कारण विद्युत विक्री आम्दानी घटेपनि नाफामा वृद्धि भएको छ ।
कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५० करोड छ । कम्पनीले जगेडा कोषमा रू. २ अर्ब ९६ करोड सञ्चिति गरेको छ । यसको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ७४ पैसा (वार्षिकीकरण) छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ८४ रुपैयाँ ८९ पैसा छ ।