लघुवित्त सेवाप्रदायक संस्थालाई ग्राहक संरक्षण र सामाजिक सुधारलाई पहिलो शर्त बनाउन अर्थमन्त्री वर्षमान पुनले आग्रह गरेका छन् । शनिवार राजधानीमा सम्पन्न तेस्रो लघुवित्त सम्मेलन–२०१३ को समापन कार्यक्रममा बोल्दै, ‘लघुवित्त सेवाप्रदायक ग्राहकप्रति इमानदार नदेखिएको अवस्था छ, त्यसका लागि लघुवित्तकर्मीमा स्वअनुशासनको खाँचो आवश्यक छ ।’ कर्मचारी आन्दोलन र उचित नियमनको अभावका कारण समस्या देखिए पनि त्यसलाई चिर्दै सामाजिक सुधारका लागि काम गर्न अर्थमन्त्री पुनले आग्रह गरे ।
वर्ष ८, अंक १५१, आइतवार, ६ फागुन, २०६९