काठमाडौं । विश्वको प्रसिद्ध ब्राण्ड सामसङले ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरीदमा अफर ल्याएको छ ।
कम्पनीले उक्त सिरिजको स्मार्टफोन किन्ने ग्राहकलाई ५ हजार रुपैयाँमै ग्यालेक्सी बड्स एफई दिने भएको छ । उक्त बड्सको बजार मूल्य १५ हजार रुपैयाँ छ ।
यो अफर सामसङद्वारा प्रदान गराइएको इनस्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा वित्तीय झन्झटबिना लिन सकिने कम्पनीले जनाएको छ । यो अफर असार ६ गतेदेखि स्टक रहुन्जेल लागू हुनेछ ।