काठमाडौं। इलेक्ट्रोनिक ब्रान्ड सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै सामसङ नेपालमार्फत नेपाली बजारमा नयाँ ‘बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड’ वासिङ मेसिन ल्याएको छ ।
ठूला लोडका लागि पूर्ण रूपमा उपयुक्त रहेको ९ केजी बिस्पोक फ्रन्ट–लोड वासिङ मेसिनले सजिलै दैनिक लुगा धुलाइ व्यवस्थापन गर्ने, समय बचत गर्ने र धुने क्षमतामा बढी सुविधा दिने बताइएको छ । एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पीड जस्ता उन्नत प्रविधि प्रस्तुत गर्दै यी वासिङ मेसिनद्वारा लुगा धुने कामलाई काम जस्तो नलाग्ने बनाउने लक्ष्य कम्पनीको रहेको बताइएको छ ।
सुपर स्पीड टेक्नोलोजीले लुगा धुने प्रक्रियालाई गति दिई वास साइकललाई ३९ मिनेटसम्ममा पूरा गर्ने र हाइजिन स्टिमले ९९ दशमलव ९ प्रतिशत ब्याक्टेरिया र एलर्जी हटाउने बताइएको छ । लुगा धुने प्रक्रियालाई थप प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउन एआई एनर्जी मोड पनि मेसिनमा समावेश भएको बताइएको छ ।
२० वर्षको वारेन्टी रहेको यो वासिङ मेसिनको मूल्य रू. १ लाख १ हजार ९९० बाट शुरू हुने बताइएको छ । सामसङले २० प्रतिशतसम्म क्यासब्याक र शून्य प्रतिशत ब्याजमा ईएमआई अफर ल्याएको बताएको छ ।