काठमाडौं। सानिमा बैंकले दशैंको अवसरमा ‘दराजसँग दशैं धमाका’ योजना ल्याएको छ । असोज ११ देखि शुरू भएको यो योजना असोज २१ गतेसम्म ११ दिनका लागि लागू हुने बताइएको छ । योजना अवधिभर दराजबाट सामान खरीद गरी ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा छूट प्राप्त गर्न सक्ने बताइएको छ । ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रू. १ हजार ५०० सम्मको छूट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रू. २ हजारसम्मको छूट प्राप्त गर्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छूट प्रदान गरिने बताइएको छ । छूटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.