काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
यो बोनस शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत असार २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।