काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आगामी पुस २३ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।
मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत दिएको जानकारीमा सभा हुने स्थान र मिति भने उल्लेख गरेको छैन ।
समान उद्देश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग मर्जर तथा प्राप्तिमा जाने भएमा त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाका लागि तय भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधरामा पुस १० गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।