काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी अर्पणबहादुर सिंहलाई दिएको छ ।
असार ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कार्यरत कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ रहेका सिंहलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कामु सीईओको जिम्मेवारी दिएको कम्पनीले नेप्सेमा पेस गरेको सूचनामा उल्लेख छ ।
उनी सान्जेन जलविद्युत आयोजना (४२.५ मेवा) का आयोजना प्रमुखका रूपमा कार्यरत छन् ।