काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय साँँखुुले वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
ग्राहक सदस्यका लागि वित्तीय सचेतना तथा उनीहरूसँग समसामयिक विषयमा केन्द्रित रहेर बिहीवार र शुक्रवार उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमका वक्ताहरूले लघुवित्तले ग्रामीण स्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताएका थिए ।
कार्यक्रममा शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठ, संस्थाका सञ्चालक उमा जोशी बोहरा, प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक फुलमाया घिसिङ, गोकर्णेश्वर–६ की वडा सदस्य मञ्जु पुडासैनी, कागेश्वरी मनोहरा– ७ की वडा सदस्य सुनिता बोगटी लगायतले लघुवित्तको योगदानका बारेमा विचार राखेका थिए ।
कार्यक्रममा सर्वोत्कृष्ट तीनओटा केन्द्र र सदस्यका सन्तानहरू मध्येबाट गतवर्षको एसईईमा उत्कृष्ट अंक हासिल गर्ने एकजना विद्यार्थीलाई सम्मान गरिएको थियो ।