काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअलफण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० ले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ असारको तुलनामा साउनमा घटेको छ ।
असार मसान्तसम्ममा फण्डको न्याभ १० रुपैयाँ ७४ पैसा रहेकोमा साउन मसान्तमा १० रुपैयाँ ५८ पैसा कायम भएको हो । त्यस्तै यो फण्ड साउन मसान्तसम्ममा रू. ४ करोड ९९ लाखभन्दा बढी नोक्सानीमा छ । असार मसान्तसम्ममा भने फण्डले रू. ४ करोड १८ लाख नाफा कमाएको थियो । साउनमा फण्डको जम्मा आम्दानी रू. ४ करोड ७५ लाख ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।
फण्डले सूचीकृत धितोपत्रमा लगानी भने बढाएको छ । असार मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ५९ करोड ७३ लाख लगानी गरेकोमा साउन मसान्तमा बढाएर रू. ६३ करोड ८६ लाख पुर्याएको छ ।