काठमाडौं । साविकको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को बोनस दर घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन स्वीकृत भएसँगै कम्पनीले गत आवको बोनस दर घोषणा गरेको हो ।
कम्पनीले सावधिक बीमालेखमा न्यूनतम ३८ हजार रुपैयाँदेखि ७६ हजार रुपैयाँसम्म बोनस घोषणा गरेको छ । यसका साथै कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ४० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म बोनस घोषणा गरेको छ ।
त्यस्तैै, कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ३६ हजार रुपैयाँदेखि ४८ हजार रुपैयाँ, वार्षिक नगद फिर्ता बीमा योजनामा न्यूनतम ३४ हजार रुपैयाँदेखि ४३ हजार रुपैयाँ र गुँरास सुरक्षित भविष्य जीवन बीमा योजनाजमा न्यूनतम २० हजार रुपैयाँदेखि ३७ हजार रुपैयाँसम्म बोनस घोषणा गरेको छ ।
बीमा प्राधिकरणको २०८० असोज २१ गतेको पत्रमार्फत उक्त प्रतिवेदन स्वीकृत भएको जानकारी दिइएको कम्पनीले जनाएकाे छ ।
कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरूमा मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा समितिबाट
अर्को वर्षको बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि कम्पनीले उक्त बोनस दरको घोषणा गरेको हो ।