काठमाडौं। विद्युतीय सवारीसाधन (ईभी) कम्पनी सेरेसले बुटवलको कालिका नगरमा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि ईएम मोटर्ससँग साझेदारी गरेको हो ।
शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने कम्पनीले जानकारी दिएको छ ।
सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको बताइएको छ, जसले ईभीमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको कम्पनीको भनाइ छ ।