शुरू गरौं, म्युचुअल फण्ड भनेको के हो ? बाट ! म्युचुअल फण्ड भनेको धेरै लगानीकर्ताहरूको रकम जम्मा गरेर विविध प्रकारका शेयर, बन्ड वा अन्य सुरक्षा साधनहरूमा लगानी गर्ने एक प्रकारको लगानी उपकरण हो । म्युचुअल फण्डको अवधारणा कसरी शुरू भयो ? हामीमध्ये कयौं मानिशहरू जो शेयर बजारमा लगानी गर्न मन भएर पनि विभिन्न कारणहरू जस्तै व्यस्तता, दक्षताको कमी, पूँजीको अभाव जस्ता कारणले लगानी गर्न नसक्ने मानिशहरूको लागि विविध प्रकारका शेयर, बन्ड वा अन्य सुरक्षा साधनहरूमा दक्ष व्यवस्थापकहरूद्वारा लगानी गर्नका लागि एउटा माध्यम म्युचुअल फण्ड हो । यसले लगानीकर्ताहरूलाई विविधतापूर्ण विस्तृत लगानीको अवसर दिन्छ र दक्ष व्यवस्थापनले लाभ प्राप्त गर्नमा मद्दत पुर्याउँछन् ।
म्युचुअल फण्डले गर्ने काम
लगानीकर्ताले म्युचुअल फण्डका इकाई किन्छन्, जसले फण्डको समग्र पोर्टफोलियोमा अनुपातिक स्वामित्वलाई प्रतिनिधित्व गर्छ । हाल नेपालमा सञ्चालनमा रहेका सबै म्युचुअल फण्डको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ रहेको छ । म्युचुअल फण्ड दक्ष व्यवस्थापकहरूले सञ्चालन गर्छन्, जसले कुन सुरक्षा साधनहरू किन्ने वा बेच्ने निर्णय गर्छन् । यसरी विविध सुरक्षित उपकरणहरूमा लगानी गर्दा जोखिम न्यूनीकरण गर्न सहज हुन्छ ।
अहिले नेपालमा २ किसिमका म्युचुअल फण्ड सञ्चालनमा छन् । बन्दमुखी म्युचुअल फण्ड र खुल्लामुखी म्युचुअल फण्ड । नेपालमा हालसम्म ११ ओटा म्युचुअल फण्डको अवधि समाप्त भइसकेको छ । निश्चित् समय अवधि हुने म्युचुअल फण्डलाई बन्दमुखी म्युचुअल फण्ड भनिन्छ । आज हामी अवधि समाप्त भइसकेका बन्दमुखी म्युचुअल फण्डहरूले के कति लाभांश दिए भनेर छलफल गर्ने छौं ।
अवधि समाप्त भएका म्युचुअल फण्डको सूची
यदि तपाईंहरूले माथिको हरेक म्युचुअल फण्डहरूमा एक लाख रुपैयाँका दरले लगानी गर्नुभएको भए सो फण्डहरूको समय अवधिभर के–कति नगद लाभांश पाउनुहुन्थ्यो, आउनुस् हिसाब गरौं ।
माथिका सबै म्युचुअल फण्डहरूमा प्रतिम्युचुअल फण्ड १ लाख लगानी गरिएको भए जम्मा लगानी ११ लाख हुने थियो । जसको औसत समय अवधि ६ दशमलव शून्य ९ वर्ष हुने थियो । तपाईंको १० लाखको लगानीमा २०७ प्रतिशत प्रतिफल (लगानी समेत) वा लगानी बाहेक पनि १०७ प्रतिशत प्रतिफल पाइने थियो । ११ लाख रूपैयाँ लगानीमा म्युचुअल फण्डहरूले पूँजी फिर्ता गर्दा १४ लाख १६ हजार ७३४ रुपैयाँ प्राप्त हुने थियो । लगानी गरिएका म्युचुअल फण्डहरूमध्ये सबैभन्दा धेरै प्रतिफल ३ दशमलव ४२ गुणा अर्थात् ३ लाख ४२ हजार २७० रुपैयाँ (पूँजी समेत) सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ बाट ५ वर्षको अवधिमा पाइन्थ्यो, जुन वार्षिकीकरण गर्दा ४८ दशमलव ४५ प्रतिशत हुन्छ ।
म्युचुअल फण्डको अवधि परिपक्व भएपछि नेपालको प्रचलित सामूहिक कोष नियमावली २०६७ को व्यवस्था अनुसार कोष खारेजीमा जान्छ । सोही नियमावली बमोजिम उक्त योजनाको कायम शेयरधनीहरूलाई इकाई अनुसारको प्रतिफल दिनुपर्ने हुन्छ ।
तलका सबै म्युचुअल फण्डहरूमा प्रति म्युचुअल फण्ड एक लाख लगानी गरिएको भए जम्मा लगानी १० लाख हुने थियो, जसको औसत समय अवधि ६ वर्ष हुने थियो । तपाईंको १० लाखको लगानीमा २११ प्रतिशत प्रतिफल (लगानी समेत) वा लगानी बाहेक पनि १११ प्रतिशत प्रतिफल पाइने थियो । १० लाख रुपैयाँ लगानीमा म्युचुअल फण्डहरूले पूँजी फिर्ता गर्दा १३ लाख ५ हजार ३३४ रुपैयाँ प्राप्त हुने थियो ।
लगानी गरिएका म्युचुअल फण्डहरूमध्ये सबैभन्दा धेरै प्रतिफल ३ दशमलव ४२ गुणा अर्थात् ३ लाख ४२ हजार २७० रुपैयाँ (पूँजी समेत) सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ बाट ५ वर्षको अवधिमा पाइन्थ्यो, जुन वार्षिकीकरण गर्दा ४८ दशमलव ४५ प्रतिशत हुन्छ ।
सारांश
हालसम्म समय अवधि समाप्त भैसकेका म्युचुअल फण्डको प्रतिफल आकर्षक छ । दीर्घकालीन लगानी गर्ने व्यक्तिलाई यो राम्रो लगानी गर्ने ठाउँ हुन सक्छ । तर, म्युचुअल फण्डको बजार मूल्यमा कम्पनीका शेयरहरू जस्तो धेरै उतारचडाव नआउने हुँदा ट्रेडिङ्गमा रमाउने लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन् ।
(आचार्य पूर्व बैंकर हुन् ।)