काठमाडौं । गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म शिवम् सिमेन्ट्स लिमिटेडले २५ करोड २ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
यो रकम अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा ५७ दशमलव ९३ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले ५९ करोड ४७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत आवमा कम्पनीको आम्दानी कम भएसँगै खुद नाफामा पनि असर परेको हो । अघिल्लो आवमा सञ्चालनबाट भएको आम्दानी ७ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रहेकोमा गत आवमा ७ अर्ब ७० करोड रुपैयाँभन्दा बढी भएको छ ।
त्यस्तै अन्य आम्दानी अघिल्लो आवमा ३६ करोड ३७ लाख रुपैयाँभन्दा बढी भएकोमा गत आवमा १९ करोड ८५ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो । विक्री खर्च भने गत आवमा बढेको छ । अघिल्लो आवमा ६ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी विक्री खर्च गरेको कम्पनीले गत आवमा ६ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी विक्री खर्च गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ छ भने जगेडा कोष रकम ४ अर्ब ४७ करोड ५० लाख रुपैयाँभन्दा बढी छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २ पैसा छ ।