काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘इन्हान्सिङ क्वालिटी फर सस्टेनेबल बैंकिङ ग्रोथ’का लागि ‘आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’ आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतीको बारेमा अर्थविद्, बैंकिङ विज्ञ तथा उद्यमीका बीचमा व्यापक छलफल गरी बैंकिङ क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशानिर्देश गर्न बैंकले शनिवार ‘आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’ काठमाडौंमा आयोजना गर्न
लागेको हो ।
अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यमा हुन लागेको ‘आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’ मा अर्थविद् एवं सांसद डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहझागी हुने कार्यक्रम छ । कार्यत्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, वरिष्ठ बैंकर परशुराम कुँवर, भुवन दाहाल, किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ सञ्जिव सुब्बा, कमनसेन्स विज्ञ सुजिव शाक्य लगायतले धारणा राख्नेछन् । कार्यक्रममा करीब ४५० जनाको उपस्थिति रहने अनुमान छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.