काठमाडौं। हिमालयन बैंक लिमिटेडले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले बुधवारदेखि सो सेवा शुरु गरेको हो ।
बंैकले सार्वजनिक बिदाका दिनमा समेत गरी चौबीसै घण्टा अस्पतालमा उक्त सेवा प्रदान गर्ने बताइएको छ । सो काउन्टरमा बैंकले क्यूआरमार्फत पनि भुक्तानी गर्ने सुविधा प्रदान गरेको जानकारी दिएको छ । बंैकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीका परिवार र अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौतापत्रमा बंैकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन् ।