काठमाडौं । सोमवार नेप्सेमा सिभिल बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ४५ लाख ३७ हजार ९२१ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर भोलि अर्थात् मंगलवारदेखि शेयरधनीले खरीदविक्री गर्न पाउनेछन् ।
बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।