काठमाडौं । चार छुट्टाछुट्टै कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार रहेको छ । यी चार कम्पनी सिभिल बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्स हुन् ।
यी चारओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेकाले पुस १८ गते सोमवारसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २८ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे साधारण सभा शुरू हुने जानकारी दिएको छ ।
त्यस्तै आइसिएफसी फाइनान्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे गर्ने जानकारी दिएको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २० प्रतिशत नगद लाभांश करसहित र २ दशमलव ४० प्रतिशत बोनस शेयर वितरण गर्ने निणर्य गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी पोखरा फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा दरबारथोक ब्यांक्वेट बास्तोलाथर पोखरा–९, कास्कीमा बिहान ९ बजे शुरू हुने जानकारी दिइएको छ ।