काठमाडौं । सिभिल हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा फागुन २८ गते यस कम्पनीको रजिष्टर्ड कार्यालय, पोखरा–७, कास्कीमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभामा कम्पनीले आईपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेस गर्नेछ । यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।