काठमाडौं। सिद्धार्थ बंैक र हार्ड रक क्याफे काठमाडौंबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छूट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले दरबारमार्गमा रहेको क्याफेमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज (नन्–अल्कोहलिक)मा १० प्रतिशतसम्मको छूट प्राप्त गर्ने बताइएको छ ।
यस सम्झौताले ग्राहकलाई छूटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकको छ । सम्झौताको बारेमा थप जानकारीका लागि बैंकको चौबिसैै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बताइएको छ । बैंकले डिजिटल भुक्तानीको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको बताइएको छ ।