काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको नक्सालस्थित बाइकर्स क्याफेबीच बैंकका ग्राहकलाई छूट दिने समझदारी भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले क्याफेमा १५ प्रतिशतसम्मको छूट पाउने बताइएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।
प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’को उपाधि प्राप्त गरेको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको बताइएको छ । साथै बैैंकले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।